दफा ४३
जिम्मेवारीबाट हटाउन वा निलम्बनको लागि सिफारिस गर्न सक्ने
(१) कुनै निर्वाचनको काममा खटिएको नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको कर्मचारी, नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारको अनुदानमा सञ्चालित संस्थाको कुनै कर्मचारी, सुरक्षाकर्मी, विश्वविद्यालय वा सामुदायिक विद्यालयको शिक्षक वा कर्मचारीले निर्वाचनको स्वतन्त्रता, स्वच्छता र निष्पक्षतामा आँच आउने कुनै काम गरेमा आयोगले त्यस्तो कर्मचारी, सुरक्षाकर्मी वा शिक्षकलाई निर्वाचन सम्बन्धी निजको जिम्मेवारीबाट हटाउन सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको अवस्था परी कुनै कर्मचारी, सुरक्षाकर्मी वा शिक्षकलाई निलम्बन गर्नु पर्ने भएमा आयोग आफैलेतत्काल निलम्बन गर्न वा सम्बन्धित अख्तियारवाला समक्ष निलम्बनको लागि सिफारिस गर्न सक्नेछ ।
(३) उपदफा (२) बमोजिम सिफारिस प्राप्त भएमा सम्बन्धित अधिकारीले त्यस्तो कर्मचारी, सुरक्षाकर्मी वा शिक्षकलाई अठचालीस घण्टाभित्र निलम्बन सम्बन्धी आवश्यक कारबाही गरी त्यसको जानकारी आयोगलाई उपलव्ध गराउनु पर्नेछ ।